काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन हुनुभएको छ । आज बसेको राप्रपा संसदीय दलको वैठकले उहाँलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।
राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ । अघिल्लो चुनावको तुलनामा उल्लेख्य सुधार गरेको श्रेय पाउनु भएका लिङदेनले अब पार्टीसँगै संसदीय दलको पनि कमाण्ड सम्हाल्नु हुनेछ ।
खबर बजार । ५ पुष २०७९, मंगलवार १६:१३