मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मधेशी आयोगले सोध्यो संसद् सचिवालयलाई स्पष्टीकरण

१ मिनेट पढाइ
०साझा

kuse inside


काठमाण्डौं । मधेशी आयोगले डा. सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी सङ्घीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

हिजो बिहीवार संसद् भवनमा सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ’मधेशी भाषा’ मा शपथ लिएको भन्दै आयोगमा उजुरी परेको थियो । ती उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको तथा त्यो भाषामा शपथ लिन संसद् सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डङ्गोलले स्पष्टरूपमा जानकारी गराउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको छ ।

Dailekhi urja

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिकरूपमा सूचीकृत नरहेको र त्यो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताउनुभएको छ ।

nepalgunj