

काठमाडौं । सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल नियुक्त हुनुहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गर्नु भएको छ ।
माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गर्नु भएका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाउनु भएको थिएन । स्रोतका अनुसार पोखरेल नियुक्त हुने निश्चित भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउनु हुनेछ ।

खबर बजार । १२ पुष २०७९, मंगलवार १२:३०