कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनः साँसद्हरुले के भने ? (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि शुरु भएको छ ।

प्रदेश सभा भवन वीरेन्द्रनगरमा प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहको अध्यक्षतामा पहिलो अधिवेशनको पहिलो बैठक बसेको हो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्त्व गर्ने राजनितिक दलका प्रमुख नेताहरुले सम्बोधन गरेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट वर्तमान मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य जीवनबहादुर शाही, नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य यामलाल कँडेल, नेकपा माओवादी केन्द्रको तर्फबाट संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य राजकुमार शर्मा, राप्रपाको तर्फबाट सन्तोषी शाहीलगायतले सम्बोधन गरेका छन् ।

प्रदेश सभा सदस्यहरुले एक अर्कामा शुभकामना सन्देश प्रवाह गर्दै मतदातामा धन्यवाद दिएका छन् । कर्णालीको प्रतिपक्ष गरिवी, अशिक्षा र पछौटेपन गरेको भन्दै यसविरुद्ध सबै एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् ।

भिडिओः