मधेस प्रदेश एमाले संसदीय दलको नेतामा यादव


जनकपुरधाम । मधेस प्रदेशमा नेकपा एमालेको संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

जनकपुरधाममा हिजो मङ्गलवार राति बसेको एमाले प्रदेश सभा सदस्यको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । अबेर रातिसम्म आकांक्षिहरूबीच सहमति गराइ यादवलाई दलको नेतामा चयन गरिएको प्रदेश सांसद दीपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

दलका नेतामा अन्य आकांक्षिहरू रामचन्द्र मण्डल, रामकुमार लेखी र हरिनारायण महतोलाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको हो । मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो पार्टी रहेको छ ।