मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त

१ मिनेट पढाइ
०साझा

kuse inside


काठमाण्डौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज आइतवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।

Dailekhi urja

प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज बेलुका ५ बजेसम्मको समय दिनुभएको थियो ।

nepalgunj