धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्नु भएको छ ।
उहाँले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नु भएको हो । रावललाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन छ ।
मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो । ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ ।
खबर बजार । २७ पुष २०७९, बुधबार १७:२२