सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ ।
बुधबारको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित हुनु भएको हो ।
४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत प¥यो भने १ जना तटस्थ बसे । न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बन्नुभएको हो ।
न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक÷एक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
खबर बजार । ४ माघ २०७९, बुधबार १५:०३