
सुर्खेत । कर्णाली प्रदेशका मन्त्रालयको संख्या घटाउने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।
यसअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको मन्त्रालयको संख्या घटाउने सहमतिले पूर्णता पाएको हो । मन्त्रिपरिषद्को बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको छ । योसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
यसअघि उक्त मन्त्रालय तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई भागवण्डा मिलाउनका लागि फुटाउनु भएको थियो । अब ७ सदस्यीय मन्त्रिमण्डल बन्ने छ ।




खबर बजार । ९ माघ २०७९, सोमबार १८:५७