

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको छ ।
नुल्याण्ड आइतबार नेपाल आइपुग्नु भएको थियो ।
उहाँले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

खबर बजार । १६ माघ २०७९, सोमबार १२:०४