

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिनु भएको छ ।
पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गर्नुभयो । अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीको चेतावनी छ । ‘लाल अयोग जबसम्म सार्वजनिक हुँदैन, तबसम्म सदन चल्न सक्दैन’ उहाँले भन्नुभयो ।
जसपा, लोसपाले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएका छन् ।
तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।
टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।

खबर बजार । ३ फाल्गुन २०७९, बुधबार १३:४९