चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं । आगामी बैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

मंगलबार १८ दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।