काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमाले पार्टीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो , ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ।’
एमाले उपाध्यक्ष शाक्यले आज (शनिवार) संसद भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उम्मेदवारीका लागि उपाध्यक्ष शाक्यसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुग्नु भएको थियो । उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताउनु भयो । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ।
खबर बजार । २७ फाल्गुन २०७९, शनिबार १३:२२