
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताउनु भयो । पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको उहाँले बताउनु भयो ।
यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ ।




खबर बजार । १ चैत्र २०७९, बुधबार १२:१८