मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत ३ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको हो ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले चैत्र ८ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ स्ववियु निर्वाचनमा मोसुमका करिब ४०० विद्यार्थीको मतदान गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै विद्यार्थीहरुले रिट हालेका थिए । ।