काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गर्नुभएको छ ।
पहिले मन्त्री बन्दिन भन्दै हिड्नु भएका खड्का मन्त्री बनेपछि उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै नभनेको दावी गर्नुभएको हो। शुक्रबार उपप्रधान एवं रक्षामन्त्री बन्नुभएका खड्काले शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर शालिकमा माल्यार्पण गर्नुभएको हो ।
शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले आफ्नो बोलीको आफैं बचाउँ गर्नुभएको छ । मन्त्री हुनुअघि खड्काले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा धेरै पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने तर अरुलाई मन्त्री बनाउने बताउँदै आउनुभएको थियो ।
खबर बजार । १८ चैत्र २०७९, शनिबार १४:०२