सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट कर्णाली सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिएका हुन् ।
एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहेका थिए ।
खबर बजार । २६ चैत्र २०७९, आईतवार १७:३८