नवनियुक्त परराष्ट्रमन्त्री साउदद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।

आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गराउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्री बनाउँन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्दै शपथ ग्रहण गराउनु भएको हो ।

साउद यसअघि सिँचाइमन्त्रीसमेत बन्नु भएको थियो । वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए ।