रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन ।
मास्की दाङ क्षेत्र नं.३ (२) बाट निर्वाचित हुनुहुन्छ भने लोसपाबाट मन्त्री बन्नु भएका पाण्डे रूपन्देही २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुनुहुन्छ ।
खबर बजार । १५ बैशाख २०८०, शुक्रबार १३:०९