काठमाण्डौ । इङ्गल्यान्डका अलराउन्डर बेस स्टोक्सले एकदिवसीय क्रिकेटबाट लिएको सन्न्यास फिर्ता लिएका छन् ।
३२ वर्षीय स्टोक्सले गएको वर्ष जुलाईमा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । तर इङ्गल्यान्डले विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यसहित स्टोक्सलाई सन्न्यास फिर्ता लिन आग्रह गरेपछि उनी अर्काे महिना न्युजिल्यान्डसँग हुने ४ खेलको एकदिवसीय शृङ्खलाका लागि टोलीमा फर्किएका हुन् । योसँगै स्टोक्सले आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने पक्का भएको छ ।
उनी इङ्गल्यान्डको टेस्ट टोलीको कप्तान पनि हुन् ।
इङ्गल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जिताउन पनि स्टोक्सले महत्त्वपूर्ण पारी खेलेको थिए । न्युजिल्यान्डसँगको फाइनल खेलमा उनले नटआउट ८४ रन बनाएका थिए ।
खबर बजार । ३१ श्रावण २०८०, बुधबार १७:४२