एमालेका सचिव एवम् सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाण्डौ । प्रहरीले नेकपा एमालेका सचिव एवम् सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ ।

मङ्गलवार खुमलटार हाइटमा रहेको रायमाझीको घरमा प्रहरीले छापा मारेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उहाँ पक्राउ पर्नुभएको छैन । तर आज भने प्रहरीको टोलीले उहाँको घरमा छापा मारेको हो । रायमाझीको घरमा उहाँको गाडी भेटिएको थियो ।