

सुर्खेत । निर्वाचित वडा महिला सदस्यहरुका लागि राजनितिक नेतृत्व सम्वन्धी आधारभुत सिकाई कार्यशाला संचालन गरिएको छ ।
बुधबार वीरेन्द्रनगर नगरपालिकाको आयोजना, अष्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनको स्थानिय सरकार सवलिकरण कार्यक्रमको आर्थिक सहयोग र दलित महिला केन्द्र नेपाल ( CDWN) को प्राविधिक सहयोगमा कार्यशालाको आयोजना गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका १६ वटै वडाहरु बाट निर्वाचित महिला सदस्यहरुको सहभागिता रहेको उक्त कार्यशालामा राजनितिक नेतृत्व सम्वन्धी प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले महिला सदस्यहरुले भोलिका दिनमा वडा अध्यक्ष तथा नगर प्रमुख सम्मको तहमा पुग्ने गरी राजनितिक नेतृत्व विकास गर्नु पर्ने बताउनुभयो ।
पछिल्लो समयमा स्थानिय सरकार सवलिकरण कार्यक्रम अन्तरगत दलित महिला केन्द्र नेपाल ( CDWN) ले महिलाहरुको विभिन्न प्रकारका नेतृत्व विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो
महिला जनप्रतिनिधीलाई हरेक तहमा सक्षम र सबल बनाउने लक्ष्यका साथ कार्यशाला संचालन गरिएको द एसिया फाउन्डेसन कर्णाली प्रदेश कार्यक्रम संयोजक विशाल आर्चायले जानकारी दिनुभयो ।
यस कार्याशालाले स्थानिय तहको न्यायपालिका तथा स्थानिय सरकार संचालनका बारेमा थप ज्ञान प्रदान गरेको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १० कि वडा सदस्य सन्ध्या परियारले बताउनुभयो ।
यस्तै कार्यापालिका गठन तथा संचालन र काम कर्तव्य र अधिकारका बारेमा कार्यशालाबाट सिकाई भएको परियारले बताउनुभयो । कार्याशालाको सहजिकरण एकमाया विश्वकर्माले गर्नु भएको थियो । वडा नम्वर ९ कि वडा सदस्य रत्ना नेपालीले यस कार्यशालाले आफुलाई समुहमा बोल्ने क्षमतामा वृद्धी भएको बताउनुभयो । आफुहरुका लागि यस्तो कार्याक्रम तथा कार्यशाला समय समयमा हुनु पर्ने बताउनुभयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाहरुका महिला सदस्य लगाएत दलित महिला केन्द्र सुर्खेतकी कार्यक्रम संयोजक धर्मा सुवेदीको सहभागिता रहेको थियो ।

खबर बजार । २५ श्रावण २०८१, शुक्रबार ११:३७