काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गर्नु भएका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
लगतै समितिले उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनुहुनेछ ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनु भएका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ ।
खबर बजार । १ असार २०८०, शुक्रबार ११:३०