युवा संघ कर्णालीको अध्यक्षमा दैलेखका शाही

सुर्खेत । राष्ट्रिय युवा संघ कर्णालीको अध्यक्षमा जीवन शाही निर्वाचित हुनु भएको छ । सुर्खेतमा भएको युवा संघको पहिलो प्रदेश अधिवेशनले दैलेखका शाहीलाई अध्यक्षमा सर्वसम्त निर्वाचित गरेको हो । शाही यसअघि युवा संघ दैलेखका अध्यक्ष हुनुहुन्थ्यो ।

यस्तै उपाध्यक्षमा कालिकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह–सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही र कोषाध्यक्षमा हुम्लाका मोहन बुढा निर्वाचित हुनु भएको छ ।

कर्णाली प्रदेश कमिटीका सदस्यहरु कर्णाली प्रदेशका १० जिल्लाबाट सर्वसम्मत चयन गरिएको छ । जसमा सुर्खेतबाट ६ जना, दैलेखबाट ५ जना अन्य जिल्लाबाट चार/चार जना गरि जम्मा ४३ जना सर्वसम्मत चयन भएका छन् ।