

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएको छ ।
पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । यूएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ३ तथा कबुआ मोरे र आसाद भालाले २/२ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो । पीएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रन बनाए । बलिङतर्फ यूएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २/२ विकेट लिए ।

खबर बजार । २६ फाल्गुन २०७९, शुक्रबार १६:५३