एमसीसी नेपालको हितमा छैन: महासचिव विप्लव

सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा नभएको बताउनु भएको छ ।

वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गर्नु भयो ।

‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उहाँले भन्नु भयो, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।’

महासचिव विप्लवले मञ्मै रहेका प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भन्नु भयो, ‘हामी कुनै पनि सैन्य हस्तक्षेप चाहँदैनौं । तपाईं पनि यसका विरुद्ध आवाज उठाउनुहोस् ।’

उहाँले नेपाल भ्रष्टचारको दलदलमा फसेको भन्दै, ‘वडा वडामा छ, भ्रष्टचार, अर्काको खोरको बाख्रा देखाएर अनुदान खाने नक्कली कम्युनिष्टहरु पनि मैले देखेको छु’ उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीज्यू, कालो, रातो जस्तोसुकै रंग ओढेका भ्रष्टाचारीहरु किन नहुन् खोरमा हाल्नुहोस्, हामी साथ दिन्छौं । भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ ।’