सुर्खेत । कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगल शाहीलाई दिईएको छ ।
बुधबार मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा निस्किएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोक्नु भएको हो ।
मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुनलागेको लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।
बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानो धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोक्नु भएको हो ।
खबर बजार । १५ भाद्र २०८०, शुक्रबार १६:३८