सुर्खेत । नेकपा एमालेले भोलि १० गतेबाट सुरु हुन लागेको प्रथम कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको छ ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मगलबार र बिहीबार आयोजना हुने अधिवेशन तयारीको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । अध्यक्ष शाहका अनुसार अधिवेशनको उद्घाटन सत्र बुधबार विहान ११ बजे सुर्खेतस्थित सिटी हलमा आयोजना हुनेछ ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने छ । अधिवेशनमा १० जिल्ला र मोर्चासंगठन बाट ६ सय चार जना प्रतिनिधिले भाग लिनेछन । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् ।
बन्दसत्रले पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने अध्यक्ष शाहले बताउनु भयो । अधिवेशनको उद्घाटन सत्रमा झण्डै पाँच हजारको जनसहभागिता रहने एमालेले जनाएको छ ।
खबर बजार । ९ आश्विन २०८०, मंगलवार १८:५५