
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गुण्डाहरुको सरकार भएको छ ।
बुधबारबाट सुर्खेतमा सुरु भएको एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार गुण्डाहरुको सरकार भएको र सरकारले देशको स्वाधिनतालाई लमपसार बनाएको बताउदै राष्ट्रिय एकता, स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने बताउनु भएको हो ।
२०८४ मा एमालेलाई पहिलो पार्टी बनाएर एकल बहुमत ल्याउने दावि पनि गर्नु भएको छ । उहाँले एमालेलाई बलियो राट्रिय शक्ति बनाएर ८४ को निर्वाचनमा गठवन्धनलाई धोवीले लुगा धोए झै धोइदिने दावी गर्नु भयो ।
‘नेकपा एमाले एउटा महान अभिभारा बोकेर त्यो अभिभारा पुरा गर्ने संकल्प लिएर बाधा व्यवधानसँग लडेर समृद्ध राष्ट्र निर्माणको अभियानमा होमिएको पार्टी एमाले हो, यो अधिवेशनबाट नेकपा एमाले विचारमा संगठित छ, संगठनमा एकजुट छ र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश देखाउन आवश्यक छ, हामीले मिसन ८४ भनेका छौं, हामी एकतावद्ध भएर नेतृत्वमा जाने वर्ष हो ।’ उहाँले भन्नु भयो ।

खबर बजार । १० आश्विन २०८०, बुधबार १८:४१