महामन्त्रीमा पराजित महतलाई काँग्रेस प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन हुनुभएको छ ।

नेता महतलाई सभापति शेरबहादुर देउवाले आज सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो।

महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा निर्वाचन लड्नुभएको थियो ।