

दैलेख । दैलेखको गुराँस गाउँपालिका सरकारले मातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
सरकारको कामलाई चुस्त, पारदर्शी र जनमुखी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४, निजामती सेवा ऐन २०४९ को दफा १५ (२), निजामती सेवा नियमावली, २०५० को नियम ३४ (ख) बमोजिम कार्यसम्पादन सम्झौता गरिएको हो ।
जसकार्यअन्तर्गत गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीसँग, प्रमुख प्रशासकीय अधिकृत केसीले शाखा प्रमुख र शाखा प्रमुखले मातहतका कर्मचारीसँग सम्झौता गर्नुभएको ८ नम्बर वडाका वडा अध्यक्ष एवं सरकारका प्रवक्ता दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।
ओलीकाअनुसार गाउँपालिका अध्यक्षज्यूले प्रमुख प्रशासकीय अधिकृतलाई आ. ब. २०८०/०८१ को बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि बजेट खर्चको अख्तियारी समेत दिनुभएको छ ।

खबर बजार । १० श्रावण २०८०, बुधबार १८:१२