

काठमाडौं । सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

खबर बजार । ९ माघ २०८०, मंगलवार १७:१३