यू–१९ विश्वकप: अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । आईसिसी यू–१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग खेलिरहेको नेपालले १४६ रनको लक्ष्य पाएको छ ।

पहिला ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमा अलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न नेपालका मिडियम पेसर आकाश चन्द एक्लैले ५ विकेट लिए ।

दीपेश कँडेलले २ तथा गुल्सन झा, सुबास भन्डारी र तिलक भन्डारीले एक एक विकेट लिए । ४३ रनमा ६ विकेट गुमाएको अफगानिस्तानका लागि पछिल्लोक्रमका एम घजानफारले आक्रामक ब्याटिङ गर्दै सम्हाल्ने प्रयाश गरेका थिए । उनले २१ बलमा ३ छक्का र ४ चौकासहित ३७ रन जोडे । घजानफारले सातौँ विकेटका लागि कप्तान नासिर खानसँग ४२ रनको साझेदारी गरे ।

त्यसपछि ८८ रनमा ८ विकेटको अवस्थामा पुगेको अफगानिस्तानले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गरेको थियो। कप्तान नासिर खानले नवौँ विकेटका लागि फारिदुन दाउदजाईसँग ५५ रनको साझेदारी गरेका थिए। दीपेशले नासिरलाई आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

अफगानिस्तानका ३ भरपर्दा ब्याट्सम्यानले खाता खोल्न सकेनन् । यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको दोस्रो चरण पुग्ने छ ।