माध्यमिक तहमा रिक्त पद संख्या- १,५४२, आवेदन संख्या- ३६,५०० भन्दा बढी

काठमाडौं । माध्यमिक तहको शिक्षक पदपूर्तिको लागि शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा ३६ हजार पाँच सयभन्दा बढी आवेदन परेको छ ।

एक हजार ५ सय ४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५ सय ८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।

आयोगको अनुसार माध्यमिक तहमा शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३ सय ८१ जनाले लाइसेन्स लिएका छन् ।

निम्न माद्यमिक तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्राथमिक तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन् ।

निम्न माध्यमिक तहमा दोब्बर दस्तुरसहित माघ १५ गतेसम्म आवेदन भर्न सकिने छ ।

प्राथमिक तहको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ ।

निम्न माध्यमिक तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्राथमिक तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७ सय १२ जनाले लाइसेन्स लिएका छन् ।

आयोगले माध्यमिक तह तर्फको शिक्षक पदको चैत १५ गते, निम्न माध्यमिक तहको चैत १७ गते र प्राथमिक तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।