कालिकोटमा लोप हुँदै गएको चिनो खेती पुन शुरु

कालीकोट । कालीकोट जिल्लाका किसानले फेरि चिनो खेती गर्न थालेका छन् । केही वर्षदेखि लोप हुँदै गएको चिनो खेती पछिल्लो समय माग बढेपछि पुनस् सुरु हुन थालेको हो । कालीकोट जिल्ला बाहिरबाट चिनोको माग बढेपछि किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । तीन दशक पहिले कर्णालीमा धेरै मात्रामा उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, फापर, कोदो पछिलो समय लोप हुने अवस्थामा पुगेको थियो ।

चिनो राम्रो फल्ने पलाँता गाउँपालिकाको अलभामा पनि यसको खेती सुरु भएको छ । खाँडाचक्र नगरपालिका–११, बरातुका किसान हरिचन्द्र गिरीले यो वर्ष झन्डै एक रोपनीमा चिनो खेती गरेका छन।


उनले लगाएको चिनोको उत्पादन पनि राम्रो छ । कर्णालीको रैथाने बाली चिनोकोे बजारमा माग बढ्न थालेपछि आफू पुनस् चिनो खेतीमा लागेको उनले बताए ।