बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

काठमाडौं । टोखा र ग्रीनल्याण्डमा बजाज मोटरसाइकल शो-रूम तथा सर्भिस सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा. लि. अन्तर्गत विगत १५ बर्ष देखि निरन्तर सेवा दिँदै आएको ब्रदर अटो प्रा. लि. ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ ‘आउट लेट सेल तथा सर्भिसिङ सेन्टर’ नयाँ भाट्भटेनी सँगै सञ्चालनमा ल्याएको हो ।         

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो ।

त्यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सञ्चालक दिलिप आचार्यले बताउनुभयो ।

सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गर्नु भएको छ ।

एक दिनमा २० भन्दा बढी मोटरसाइकल सर्भिसिङ गर्नसक्ने क्षमता भएको सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतिक्षालयको पनि सुविधा छ ।

नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिज का लागि समेत सहज बनाउने कम्पनीले बताएको छ ।

मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रोदर्स अटोका संचालक बिनोद चौलागाईंले टोखा आउट लेटमा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउनुभयो ।