दुई हप्तापछि फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, इतिहासकै उच्च रेकर्ड कायम

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहिवार आज विहानदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको हो ।

नेपाल आयल निगमकाअनुसार कच्चा तेलको मूल्य करिव अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसेकाले ईण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य पठाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाई छ ।

यसअघि माघ १८ गते देखि लागू हुनेगरी मूल्य बढाइएकोमा दुई हप्तापछि फेरि मूल्य बढेको हो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी ब्यहोरी सकेको निगमले जनाएको छ ।

प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाई छ ।