नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । नेपाल प्रहरीले आह्वान गरिएकाे प्राविधिकतर्फकाे जवान पदकाे परीक्षामा भाईकाे नाममा परीक्षा दिन खोज्ने एक जनालाई पक्राऊ गरिएको छ ।

पक्राऊ परेका सञ्ज्याल

लाेक सेवा आयाेगले लिएकाे परीक्षामा आफ्ना भाई अग्नी प्रसाद सञ्ज्यालको नाममा परीक्षामा सहभागी भएका कनकासुन्दरी गाउँपालिका-८ जुम्लाका लक्ष्मीप्रसाद सञ्ज्याललाई प्रहरीले पक्राऊ गरेकाे हाे ।

वीरेन्द्रनगरको श्रीकृष्ण माध्यमिक विद्यालयबाट सञ्ज्याललाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पक्राउ परेका सञ्ज्याललाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया भइरहेको प्रहरीको भनाई छ ।