मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

१ मिनेट पढाइ
०साझा

kuse inside

बर्दिया । ट्रक दुर्घटना हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । सरिया र सिमेन्ट ढुवानी गरेर काेहलपुरबाट सुर्खेततर्फ गुडिरहेको लु २ ख ८८३ नम्बरकाे ट्रक आज विहान दुर्घटना भएकाे हाे ।

रत्न लोकमार्गकाे चिसापनी-बबइ खण्डकाे बाँसगढी नगरपालिका-१ बर्दियाकाे उन्नती खाेलामा ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।

Dailekhi urja

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाकाअनुसार दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका-१ नुवाकाेटका ३६ वर्षीय साेम तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ओमसतिया गाउँपालिका-५ रूपन्देहीका २२ वर्षीय अनिल हरिजन घाइते हुनुभएको छ । उहाँकाे मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेकाे छ ।

nepalgunj