निर्वाचनको समयमा हुने लैगिंक हिंसा न्यूनीकरण, निर्वाचन आचारसंहिता , मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न

सल्यान । सल्यान जिल्लाको सदरमुकाम खलंगामा निर्वाचनको समयमा हुने लैगिंक हिंसा यसको न्यूनीकरण, निर्वाचन आचारसंहिता , मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न भएको छ । आउदै गरेको निर्वाचनलाई लक्षित गर्दै सल्यान जिल्ला भित्रका महिलाहरुको सहभागितामा आज शनिबार कार्यक्रम सप्पन्न भएको हो ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका अधिकृत निमराज भट्टराईले निर्वाचन आचार संहिता बारे प्रशिक्षण दिनु भएको थियो । निर्वाचनको समयमा निर्वाचन आचारसंहितामा बिपरित कार्य नगर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको समेत उहाले बताउनुभयो ।
निर्वाचनको समयमा लैगिंक हिंसा, धेरै मात्रमा मत बदर हुने तथा निर्वाचन आचारसंहिता विपरीत कार्य हुने हुँदा यी कार्य लाई रोक्न कार्यक्रमको आयोजना गरिएको बास केन्द्रीय सदस्य मेघा रेउलेले जानकारी दिनु भयो ।

शारदा नगरपालिका ५ नम्बर की वडा सदस्य उम्मेदवार पुष्पा नेपालीले मतदाता शिक्षा, नमुना मतदान र लैगिंक हिंसा सम्बन्धीका कार्यक्रमा हरेक पालिकामा सञ्चालन गरेमा मत बदर हुने सम्भावन कम हुने र लैगिंक हिंसामा कमी आउने बताउनु भयो ।
यसैगरी नमुना मतदानमा जम्मा २५ मत खसेको थियो । जसमा १५ मत सदर र १० मत बदर भएको थियो ।
ग्ल्म्ए, भ्क्ए र ग्ल्–ध्इःभ्ल् को सहयोग र बास नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ३१ महिला र ५ पुरुष गरी जम्मा ३६ जनाको सहभागिता रहेको थियोे ।