मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गुराँस-८ का टोप बहादुर १२ दिनदेखि बेपत्ता

१ मिनेट पढाइ
०साझा

kuse inside

दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ का टोप बहादुर खड्का बेपत्ता हुनुभएको छ । विगत ५ वर्ष देखि मलेसियामा काम गर्दै आउनु भएको ३७ वर्षिय खड्का श्रीमती बिरामी भएको भनेर ४५ दिनको बिदामा भदौ ४ गत्ते नेपाल आउनु भएको थियो ।

हराएका खड्काको फाइल तस्वीर ।

Dailekhi urja

मलेसिया बाट हिंडेपछि उहाँ सम्पर्क बिहिन हुनुभएको उहाँका भान्जा नविन बि. सी. ले जानकारी दिनुभयो उहाँले भन्नुभयो “मामा बिगत १२ दिन देखि बेपत्ता हुुनुहुन्छ खोजिको लागी प्रहरीमा निवेदन दिएका छौँ ।”

उहाँको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । खोजी कार्यका लागि सर्खेत स्थित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ । फेला पार्नुहुने माहानुभावले नजिकैको प्रहरी कार्यालय वा ९८४८११५२०७ मा जानकारी गर्दिन उहाँको परिवारले अनुरोध गरेको छ ।

nepalgunj