काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्य बुधबार रातिबाट लागू हुने छ ।
निगमले बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल १२२ र मट्टितेल १२२ रुपैयाँ पुगेको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि बढाएको छ । प्रतिलिट ५ रुपैयाँले बढेर हवाई इन्धन १०६ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।
एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्य बुधबार रातिबाट लागू हुने छ ।
निगमले बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल १२२ र मट्टितेल १२२ रुपैयाँ पुगेको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि बढाएको छ । प्रतिलिट ५ रुपैयाँले बढेर हवाई इन्धन १०६ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।
एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको निगमले जनाएको छ ।
खबर बजार । ५ माघ २०७८, बुधबार १८:४६