ब्राउनसुगर सहित एक जना प्रक्राउ

सुर्खेत । ब्राउन सुगर कारोबार गरेको भन्दै प्रहरीले सुर्खेत वीरेन्द्रनगरको कुइनेपानी जंगलबाट एक जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका-८ कुइनेपानी जंगलबाट जुम्लाको तिला गाउँपालिका ५ का २६ वर्षीय दिपक बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर कारोबार भइरहेको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएका प्रहरीले बुढालाई पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार शंकास्पद अवस्थामा भेटिएका बुढालाई चेक-जाँच गर्दा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ क्वार्टर फेला परेको छ ।

बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको पनि कार्यालयले जनाएको छ ।