

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्नु भएको छ ।
बुधबार ट्वीटरमार्फत उहाँले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गर्नु भएको छ भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गर्नु भयो ।
उहाँले ट्वीटरमा नेपालीमा लेख्नु भएको छ, ‘श्रीमती सीता दाहालको दु:खद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’

खबर बजार । २७ असार २०८०, बुधबार १४:०१