

सुर्खेत । प्रहरीको कुटाइबाट मृत्यु भएका भनिएका कालीकोटका एक युवकका आफन्तले प्रहरी चाैकी सुब्बाकुनाका प्रहरी इन्चार्ज एवं प्रहरी नायव निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

तिलागुफा नगरपालिका-३ कालिकोटका २५ वर्षीय मृतक कृष्ण हमालका आफन्तले प्रहरीकाे कुटाइबाट नै हमालको मृत्यु भएकाे आराेप लगाई धामीविरुद्ध किटानी दिएका हुन् ।
मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ बर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराउनुभएको हो ।
सुब्बाकुनामा बाँकेबाट सुर्खेत आउँदै गरेका हमाल सवार ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिटपछि मृत्यु भएको परिवारले बताउँदै आएका छन् । छानविन समिति गठन गरिसकेकाले आन्दाेलन नगर्न प्रशासनले आग्रह गरेकोले माैखिम सहमतिमा हाल प्रदर्शन भने राेकिएकाे छ ।
शुक्रबार राती भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले कुटपिट गरि गम्भिर घाइते बनाएको मृतकका आफन्तको दाबी छ ।

खबर बजार । २२ फाल्गुन २०७८, आईतवार १७:२१