सुर्खेत । वीरेन्द्रनगर जेसिजको अध्यक्षमा शैलेन्द्र पाठक चयन हुनुभएको छ ।
मंगलबार वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनर जुनियर जेसीज वर्ष २०२२ को संयुक्त पदस्थापन कार्यक्रमबाट उहाँ वर्ष २०२२ (सन्) को लागि अध्यक्ष हुनुभएकाे हो ।
यसैगरी, जेसिजको कार्यकारी उपाध्यक्षमा रिदेस गिरी र भिमबहादुर थापा, महासचिवमा संजोग भण्डारी, कानूनी सल्लाहकार सागर पौडेल, कोषाध्यक्षमा हिक्मत सापकोटा र सचिवमा दुर्गाप्रसाद शर्मा मनोनित हुनुभएको छ ।
उपाध्यक्षमा दिलिपजंग शाही, महेन्द्रकुमार थापा, युवक सापकोटा, मनोज एमसी रहेका छन् ।
शाखा सम्पादक मुना हमाल, तालिम संयोजक आकृति खड्का, जनसम्पर्क अधिकारी दिल्लु प्रसाद ढुंगाना, खेलकुद संयोजक प्रकाश खड्का मनोनित गरिएको छ ।
बाँकी पदहरुमा प्रथम बैठकबाट मनोनित गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
खबर बजार । ११ माघ २०७८, मंगलवार १६:४६