सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।
भर्चुअलमार्फत भएको समाजको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका छन् ।
यस्तै महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरी थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन हुनुभएको छ ।
उहाँका अनुसार २६ सदस्यीय कार्यसमितिले विदेशमा रहेर काम गर्ने नेपालीको हित र कर्णाली प्रदेशको सामाजिक कार्यमा सहयोग पुर्याउने छ ।
खबर बजार । १९ माघ २०७८, बुधबार ०२:१६