दाङ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिवले पनि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहनुभएका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गर्नुभएको हो ।
उहाँले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ–
उहाँले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उहाँको स्वकीय सचिव रहँदै आउनुभएको थियो ।
उहाँ माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँका सबै परिवार पूर्णकालीन माओवादी हुन् । उहाँका जेठा दाईको माओवादी युद्धमा मृत्यु भएको थियो ।
डेरी व्यवसायी उहाँकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा निर्वाचन लडाएका थियो ।
खबर बजार । ८ चैत्र २०७८, मंगलवार ०८:४७