सम्बन्ध विच्छेदका कारण बालबालिकाहरू अपराधमा फस्छन: जिल्ला अदालत सुर्खेत

सुर्खेत । जिल्ला अदालत सुर्खेतले सम्बन्ध विच्छेदका कारण बालबालिकाहरू अपराधमा फस्ने गरेको बताएको छ । अदालतले शुक्रबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै अपराधमा फस्ने बालबालिकाहरु मध्ये धेरै जसोा सम्बन्ध विच्छेदका रहेको बताएको हो ।


अदालतका न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यले सम्बन्ध विच्छेदका कारण आमारबुबाबाट छुट्टिने बालबालिकाहरू अपराधिक घटनामा संलगन भएको देखिएको बताउनुभयो ।

उनहाँले भन्नुभयो, ‘पछिल्लो समयमा भएका विभिन्न अपराधहरु जस्तै, चोरी, ठगी, लागूऔषध जस्ता घटनामा यस्ता बालबालिकाहरू धेरै रहेका छन् । किन भने आमारबुबाको सम्बन्ध विच्छेद भईसकेपछि बालबालिका एक्लो हुने, उनिहरुलाई गार्जेन गर्ने व्यक्तिको कमिहुँदा यस्तो क्रियाकलापमा फस्ने गरेका छन् ।’यस्तै, अदालतले आर्थिक वर्ष २०७७र०७८ मा दर्ता भएका मुद्दा मध्ये ७२ दशमलव २७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । दुई हजार नौ वटा दर्ता नयाँ मुद्दामा अदालतले एक हजार सात सय ४० अर्थात ७२।२७ प्रतिशत फर्छ्यौट गरेको हो ।

अदालतले लगेको वार्षिक मुद्दा फर्छ्यौटको लक्ष्यभन्दा धेरै एकसय २० मुद्दा फर्छ्यौट गरेको हो । जसमा अदालतले एक हजार ६ सय २० मुद्दाको लक्ष्य लिएको थियो ।

यस आर्थिक वर्षमा हालसम्मकै बढी मुद्दा दर्ता भएको अदालतले जनाएको छ । साथै कर्मचारीको अभाव भए पनि बिहान सात बजेदेखि साँझ सात बजेको समयमा अदालतमै बसेर लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट गर्न सफल भएको न्यायाधीश डाक्टर आचार्यले बताउनुभयो ।