
काठमाडौं । देशभरका ५० प्रतिशत भन्दा धेरै सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका पाइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’अनुसार १३ हजार ७३६ सामुदायिक विद्यालयमा एक सय जनाभन्दा कम विद्यार्थी रहेको पाइएको हो ।
सूचनाअनुसार यो सङ्ख्या कुल सामुदायिक विद्यालयको ५० दशमलव ८६ प्रतिशत हो ।
अहिले देशभर ३५ हजार ९५१ विद्यालय रहेकामा २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत अर्थात् निजी विद्यालय छन् । सबै विद्यालयमा गरेर कुल ७० लाख ४० हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ । अहिलेसम्म ६६२ सामुदायिक विद्यालय समायोजन भइसकेका छन् ।
चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।




खबर बजार । २८ जेष्ठ २०८३, बिहीबार १८:४७